क्वालालम्पुर (मलेसिया):= मलेसिया र भारतबीच ११ वटा समझदारी पत्र (MOU) तथा एक सहकार्य दस्तावेजमा हस्ताक्षर हुनु प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमको प्रभावकारी नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
यस कदमले मलेसियालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा एक प्रमुख रणनीतिक साझेदारको रूपमा थप मजबुत बनाएको छ। मानव संसाधन मन्त्री दातुक सेरी आर. रामननले उक्त उपलब्धिले मलेसिया–भारतबीच आर्थिक तथा राजनीतिक सहकार्यको नयाँ अध्याय सुरु भएको बताएका छन्।
उनका अनुसार यस सहकार्यले विश्वव्यापी लगानीकर्ताको विश्वास बढाउनुका साथै आसियान क्षेत्रमा मलेसियाको रणनीतिक हैसियतलाई थप सुदृढ बनाएको छ। मन्त्री रामननले यी सम्झौताहरू दुवै देशका लागि दीर्घकालीन साझेदारी, व्यापार विस्तार, श्रम तथा सीप विकास, र क्षेत्रीय स्थायित्वका दृष्टिले अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। Bernama




















