मलेसियामा अब विदेशीहरुले “सब्सिडी” अन्तर्गतको प्याकेटवाला खाने तेल किन्न नपाउने।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालयले आगामी मार्च १ देखि विदेशी नागरिकलाई “सब्सिडी” राहत प्याकेजअन्तर्गतको प्याकेटवाला खाना पकाउने तेल खरिद गर्न निषेध लागू गर्ने भएको छ।

अब सो नियम लागू भएमा आउँदो मार्च १ तारिखदेखि विदेशी नागरिकहरुले प्याकेट वाला आरएम २.५० पर्ने सस्तो मुल्यको खाने तेल किन्न पाउने छैनन् । स्थानीय मलेसियन नागरिकले मात्रै किन्न पाउनेछ्न।

मन्त्री दातुक आर्मिजान मोह्द अली ले यो कदम मलेसिया सरकारद्वारा प्रदान गरिने दिनहुँ आवश्यक पर्ने राहत खाद्यान्नको लाभ केवल मलेसियाली नागरिकले मात्र पाउन सुनिश्चित गर्न तथा गैर–नागरिकले मूल्य–नियन्त्रित वस्तुमा पहुँच पाउने बाटो बन्द गर्नका लागि चालिएको बताए।

उनका अनुसार, यो निषेध कार्य कार्यान्वयन गराउन Cooking Oil Price Stabilisation System (eCOSS) मोबाइल एपमार्फत अनुगमन गरिनेछ्, भने ।

यस प्रणालीले रिफाइनरीदेखि खुद्रा बिक्रीसम्मको सम्पूर्ण आपूर्ति शृङ्खलालाई निगरानी गर्छ, जसले प्रभावकारी अनुगमन र कानुनी कारबाही सम्भव बनाउनेछ।

उनले भने, “पहिले पनि कानुनी शक्तिको प्रयोग गरेर यस्तो बिक्री प्रतिबन्ध लगाउन आह्वान गरिएको थियो, तर खुद्रा व्यवसायीहरूले कार्यान्वयन र अनुगमनसम्बन्धी मानक कार्यविधि (SOP) मा व्यावहारिक चुनौती रहेको बताएका थिए।