[ राजेन्द्र गौतम ]
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संसद पुनस्थापना नहुने दाबी गर्नुभएको छ । “फागुन २१ मा चुनाव हुन्छ, संसद पुनस्थापना हुँदैन ” सोमबार झापाको बिर्तामोड आयोजित कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, ” संसद पुनस्थापना हुँदैन, सम्मानित अदालतले संसद पुनस्थापना गर्यो भने त्यसलाई सामान्य रूपमा मान्नु नै पर्छ ।”
उहाँले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने र नगर्नेको बहस पार्टीमा सकिएको उल्लेख गर्नुभएको उहाँले ६० / ४० अवश्थाको समेत कांग्रेसमा अन्त्य भएको बताउनुभयो । “जसको जिम्मेवारी उहाँ उसले खट्ने त्यहाँ” भन्ने मान्यताका साथ काम गर्न र आआफ्नो उम्मेदवालाई जिताउन लाग्न भन्नुभयो । म मात्रै सबै ठाउँको नेता नबन्न नेता, कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले धेरै नबोल्न आग्रह गर्दै ३, ५ र ७ को रणनीतिमा रहेर वक्ता तय गर्न आग्रह गर्नुभयो ।
उपसभापति शर्माले फागुन १ गतेदेखि २१ गतेसम्म क्षेत्र नछाड्न आग्रह गर्नु भयो । उहाँले बिहे, अपरेसन र अत्यावश्यक काम बाहेक अन्य कुरामा आफ्नो गाउँ र क्षेत्र छोड्ने भए अहिले नै कांग्रेस छाड्न चेतावनी दिनुभयो । उहाँले कांग्रेसमा उम्मेदवार चयनमा पनि न्याय भएको बताउनुभयो ।
उहाँले झापा २ मा प्रत्यक्षना सरिता प्रसाईं , समानुपातिकमा उमा शिवाकोटी र मनमाया विश्वकर्मा ( मनु ) लाई उम्मेदवार बनाएर न्याय गरेको स्पष्ट पार्नुभयो । उहाँले बझाङसम्मको उदाहरण दिनुभयो । उहाँले भागबन्डाको समय सकिएको सकिएको बताउनुभयो ।
” मानिसलाई नयाँ कुरा खोज्ने बानी हुन्छ , नयाँहरु यताउती कुद्छन् ” उहाँले भन्नुभयो, ” गगन थापा र हामी देश घुमिसकेर, देश बनाउन लागेका हुन् , अरु देश बनाउन होइन घुम्न लागेका छन्। ” उपसभापति शर्माले कांग्रेस सबैभन्दा नयाँ र इतिहासकै नवीन पार्टी भएको बताउनुभयो। ” नयाँ नेतृत्व लिएर आउने नयाँ हो , कांग्रेसको नेतृत्व नयाँ छ ” उहाँले प्रश्न गर्नुभयो,” ८० वर्षको नेतृत्व परिवर्तन गरेर ४९ वर्षको नेतृत्व बदल्ने नयाँ कि देश हेर्न कुद्ने नयाँ नयाँ ? ”
उहाँले कांग्रेस र एमालेले सबैमा विश्वास दिलाउन नसक्दा र विश्वासमा लिन नसक्दा भदौ २३ को विद्रोह भएको जिकिर गर्नुभयो । २३ गतेको क्षती सरकारको गल्तीले र २४ को क्षति जेनजीलाई बदनाम गराउनेहरुबाट भएको बताउनुभयो । ” भदौ २३ र २४ दुबै दिन कमजोरी भएको छ, त्यस्तो अब हुनुहुँदै” उहाँले भन्नुभयो, ” सबै ठिकठाक छ भन्ने सरकारको बुझाइ, अधिकार खोज्ने पुस्तामाथि गोली चलाउने र केही भएन भनेर असन्तुष्टि भौतिक संरचनामा पोख्ने गल्ती भयो ।”
उहाँले कांग्रेसमा पटकपटक अवसर पाएका र केही नपाउँदा कांग्रेस छोडेकाले देश नबनाउने उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, ” अवसर पाएर केही नगर्ने र कांग्रेस छाडेर गएकाले देश बनाउँदैनन्, कांग्रेसले बनाउँछ ।” उहाँले कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न नसकेको र आलोचनाको प्रतिवाद गर्न नसक्दा “आफूलाई नयाँ भन्नेहरु” ले उत्पात मच्चाएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस उम्मेदवारत्रय प्रसाईं, शिवाकोटी र विश्वकर्मा, केन्द्रीय सदस्य सुधीर शिवाकोटी र कांग्रेस केशी प्रदेश सभापति उद्धब थापाले बोल्नु भएऊ थियोे । उहाँहरुले देश बनाउन गगन थापा आवश्यक भएकोले कांग्रेसलाई मतदान गरेर देशभरबाट विजयी गराउन आव्हान गर्नुभयो ।




















