आचारसंहिता लागू भएको कारण नेपाली कांग्रेसको मधेस सभा स्थगित।

काठमाडौं := निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण यही माघ १६ गते जनकपुरधाममा नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित गरिएको छ । मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने गुप्ताले जानकारी दिनुभएको छ । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य-मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको उहाँको दाबी छ । कांग्रेसको मधेस प्रदेश समितिको शनिबार बसेको बैठकले माघ १६ गते चिरहोटियामा आमसभा गर्ने निर्णय गरेको थियो ।