मलेसियाको आईटी कम्पनी विस्टर्न टेक्नोलोजीले शून्य लागतमा ८०० नेपाली श्रमिक भर्ना लिदैँ।

क्वालालम्पुर:= मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा ८०० नेपाली श्रमिक रोजगारका लागि लैजाने भएको छ। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी सार्वजनिक गरिएको हो।

मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित आकर्षण इन्टरनेशनल तथा लालधनुष इन्टरनेशनलबीच श्रमिक पठाउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार, दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार मलेसिया जान पाउने छन्। श्रमिक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया अगाडि बढिसकेको छ।

सम्झौताअनुसार दुई मेनपावर कम्पनीमार्फत उक्त कम्पनीका लागि ८०० जना नेपाली कामदार शून्य लागमा जान पाउने आकर्षण इन्टरनेसनलका अध्यष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष गरी ४०० जना तथा लालधनुषबाट समेत ३०० महिला र १०० जना पुरुष गरी ४०० जना मलेसिया जाँदैछन्।

उहाँले भन्नुभयो, ‘हामीले आकर्षण इन्टरनेसनल प्रा.लि. र लालधनुष इन्टरनेसनल प्रा.लि.ले विगतमा जस्तै कामदार पठाउनेसम्बन्धी जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको हो । विगत दश वर्ष देखि आकर्षणले शून्य लागतमा काम गर्दै आइरहेको छ । मलेसियाबाट हामीले लिएर आउने कम्पनीहरु एकदमै थोरै हुनुहुन्छ । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन् । अहिले आकर्षण इन्टरनेशनलबाट ३०० महिला र १०० पुरुष कामदारको लागि डिमाण्ड प्राप्त गरेर अन्तवार्ताको प्रक्रिया अगाडि बढाइरहेका छौँ । लालधनुषमा पनि त्यति नै संख्यामा डिमाण्ड प्राप्त भएको म जानकारी गराउन चाहन्छु।’