सुनसरी:= धरानका मेयर हर्कराज राईले पदबाट राजीनामा दिनुभएको छ। मेयर राईले आइतबार अबेर उपमेयर आइन्द्रविक्रम बेघा समक्ष आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो । यसअघि उहाँले राजीनामा दिन आउने बताउनु भएको थियो ।
राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले राजीनामा दिएका हुन्। उनले धरान निर्वाचन क्षेत्र रहेको सुनसरी–१ बाट आगामी प्रतिनिधि सभामा उम्मेदवार बन्ने निश्चित भएसँगै राजीनामा दिएका छन्। २०७९ सालको निर्वाचनमा उनले धरानको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिए थिए।
त्यसक्रममा राई २० हजार ८ सय २१ मत प्राप्त गर्दै विजयी बनेका थिए। राजीनामा पत्रमा उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने प्रयोजनका लागि पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।




















