काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली तथा नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेल सोमबार देउवा निवास महाराजगन्ज पुगेका थिए।
महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

दुवै दल सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै माहौल बने निर्वाचनमा जाने बताउँदै आएका छन् । यद्यपी दुवै दलले विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने दावी गर्दै आएका छन् ।
एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।




















