[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपालमा स्थापित हर्कराज साम्पाङ राई नेतृत्वको “श्रम संस्कृति पार्टी” को प्रवास संगठन मलेसियामा समेत गठन भएको छ।
आईतवार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजित श्रमदाता श्रमिकहरुभेलामार्फत मलेसियामा समेत प्रवास संगठन स्थापना गरिएको हो ।
संगठनले मलेसियामा रहेका श्रमिकहरूको हक-अधिकार, सुरक्षा, तलब तथा कागजपत्रसम्बन्धी समस्या, र प्रवासी नेपालीहरूको सामाजिक–राजनीतिक सहभागिता लगायतका काममा आगामी दिनमा भरपुर साथ सहयोग गर्ने योजना बनाएका छ्न।

उक्त भेलाबाट सर्वसम्मत पार्टी संगठनमा विभिन्न पदमा चयन भएका मुल समितिका पदाधिकारीहरुको नमावली यस् प्रकार रहेका छ्न।
अध्यक्ष- रमेश राई , उप अध्यक्ष- सुभ राई , उप अध्यक्ष-सोनाम सेर्पा , उप अध्यक्ष- सुजता राई , महा सचिब – एच्छिक राई , सचिब- बिकास बिस्वकर्म , सह सहचिब- मेनुका लिम्बु , कोष अध्यक्ष- भरण शेर राई , सह कोष अध्यक्ष- सौजया लिम्बुलगायत चयन हुनुभएको छ्।
त्यस्तै सदस्यहरुमा क्रमशः सन्जिब राई , टि.आर साम्सुहाङ लिम्बु , खगेन्द्र चौलागाई , अबि राई , अबिन्द्र लिम्बु , चित्र वम्बुले , मन कुमारि राई , सुस्मिता केदेम लिम्बु , दिवस राई , तुलसा राई , बिरेन राई , सन्जय बान्तावा, प्रतिक्षा सेर्पा , राम तारानाथ यादप , सन्त कुमार आङ्देम्बे , प्रबिन थुलुङ राई , राजु राई , युगल नेम्बाङ , कमल राई , बिवस राई , हेम दर्लामि चयन हुनुभएको छ ।
संगठनको विशेष सल्लाहकार हरुमा क्रमशः भबिन कुलुङ्ग , हाङ्गसा लिम्बु , अर्थ सेलिङ्ग लिम्बु , युब राज राई , निर्मल लिम्बु , मोहन मगर , भिम कुमार राई लगायत चयन हुनुभएको छ ।





















