नक्कली पासपोर्टलगायतका कागजात तयार गर्ने गिरोहका ६ जना बंगलादेशी नागरिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग “इमिग्रेसन” ले राजधानीका विभिन्न स्थानमा गरेको विशेष अपरेशन, छापामारीमार्फत विदेशी कामदारका लागि नक्कली पासपोर्ट र फोमेमा “FOMEMA” कागजात तयार गर्ने गिरोहलाई पक्राउ गरेको छ।

अपरेसन शुक्रबार दिउँसो १२:३५ बजे शुरु भएको थियो। जसमा पुतराजयास्थित इमिग्रेसन मुख्यालयको इण्टेलिजेन्स तथा विशेष अपरेशन शाखाले जालान चेमुर र जालान इपो आसपास छापा मारि पक्राउ गरेको हो ।

इमिग्रेसनका महानिर्देशक दातुक जकारिया शहाबानका अनुसार, २३ देखि ४५ वर्ष उमेर समूहका ६ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। तीमध्ये ‘रेयहान’ नामका व्यक्ति गिरोहका मुख्य सञ्चालक भएको बताइएको छ। यो अवैध गतिविधि ६ महिनादेखि सक्रिय रहेको अनुमान गरिएको छ।

गिरोहको कार्यशैली (Modus Operandi) :
• स्वास्थ्य परीक्षणमा ‘unfit’ ठहरिएका वा परीक्षण पास नहुने विदेशी कामदारका लागि ‘जोकि सेवा’ उपलब्ध गराउने।
• ग्राहकको नाम, विवरण र पासपोर्ट जानकारी राखेर फोटो मात्र गिरोहका सदस्यको राखेर पासपोर्ट मिलाउने।
• त्यसपछि ती सदस्यलाई ग्राहकको नाममा फोमेमा परीक्षण लिन क्लिनिक पठाउने।
• एक सेवाबापत आरएम १०० देखि २५० रिंगेटसम्म शुल्क लिने।

अपरेशनको क्रममा बरामद भएका ७३ वटा विभिन्न देशका पासपोर्ट (नेपाल, भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, इन्डोनेशिया आदि), फोमेमा फाराम, कम्प्युटर, कागजात जालसाजी उपकरण लगायत सामाग्री जफत गरिएको छ।

चार जनालाई ओभरस्टे बसे बापत (Section 15(4), Immigration Act 1959/63) दुई जनालाई वैध कागजातविना बसेको (Section 6(3)) अभियोग लगाइएको पाइएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुत्राजाया इमिग्रेसन कार्यालयमा लगिएको इमिग्रेसनले जनाएको छ।