इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि खेलाडी लिलामी सूची सार्वजनिक।

एजेन्सी:= इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि खेलाडी लिलामी सूची मंगलबार जारी गरिएको छ । यसमा कुल ३५० खेलाडीहरूको नाम समावेश छ । यी खेलाडीको लिलामी डिसेम्बर १६ मा युएईको अबुधाबीमा हुनेछ ।

आइपिएलको आधिकारिक वेबसाइटका अनुसार लिलामीका लागि कुल १ हजार ३९० खेलाडीले नाम दर्ता गरेका थिए । यसमध्ये ३५० जना छनोट भएका छन् । यसमा २४० भारतीय र ११० विदेशी खेलाडी छन् ।

यसका साथै सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी समावेश छन् । डिसेम्बर १६ मा हुने लिलामीमा फ्रेन्चाइजीहरूले कुल ७७ उपलब्ध स्लटहरूका लागि प्रतिस्पर्धा गर्नेछन् । यीमध्ये ३१ स्लटहरू विदेशी खेलाडीका लागि आरक्षित छन् ।