काठमाडौं := देशभरिका सिनेमा हलमा तेस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’लाई राष्ट्रिय दलित आयोगले शुभकामना दिएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार एक वक्तव्य जारीगरि यो चलचित्रलाई धन्यवाद भन्नुभएको हो ।
बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको यस चलचित्रले समाजमा व्याप्त जातिय छुवाछूत जस्ता कुप्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै राष्ट्रिय दलित आयोगले धन्यवाद ज्ञापन गरेको हो । चलचित्रले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व जस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
आयोगले यस चलचित्रमा सामाजिक चेतना अभिवृद्धि गर्ने क्षमता रहेको भन्दै चलचित्र निर्माण समूह तथा सम्बन्धित कलाकारलाई धन्यवाद दिँदै जातीय विभेदमुक्त समाज निर्माणमा टंक बुढाथोकीलगायत टिमलाई अझै सफलता मिल्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
नेपालसगै कतार, युएई र बहराइनमा सफलताको साथ प्रदर्शन भईरहेको चलचित्र मंसिर १३ गतेबाट अष्ट्रेलियामा पनि रिलिज हुँदैछ । नेपाली बक्स अफिसमा १३ दिनमा तीन करोडमाथि कलेक्सन गरेको यस चलचित्रलाई दर्शकले मन पराएका छन् । चलचित्र छिट्टै साउदी अरब, कोरिया लागतको ठाउँमा समेत प्रदर्शनमा आउँदैछ ।
टंक बुढाथोकीको निर्माण र निर्देशन रहेको चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारको अभिनय छ ।




















