मेक्सिकोकी सुन्दरी फातिमा बोस्च मिस युनिभर्स २०२५ घोषित।

एजेन्सी:= मेक्सिकोकी फातिमा बोसलाई मिस युनिभर्स २०२५ घोषित गरिएको छ । थाइल्याण्डको बैंककमा शुक्रबार आयोजित एक विशेष समारोहमा उहाँलाई ताज पहिराइएको हो । यो वर्षको प्रतियोगिता विवादित बन्न पुगेको थियो । २५ वर्षीया फातिमा नोभेम्बरमा सार्वजनिक विवादमा पर्नुभएको थियो ।

यसको परिणामस्वरूप दुई निर्णायकहरूले आफ्नो पदबाट राजीनामा दिएका थिए । राजीनामा दिने एक निर्णायकले यो प्रतियोगिता पहिलेबाटै तय भएको दाबी गरेका थिए। बैंककमा भएको यो ताज पहिरन समारोहसम्म आइपुग्दा धेरै उतारचढाव व्यहोरेको थियो । यो क्रममा धेरै प्रतियोगीहरूको बहिर्गमन र दुई निर्णायकहरूको राजीनामा देखिएको थियो ।

मिस युनिभर्स प्रतियोगिता सन् १९५२ मा सुरु भएको थियो र यो यसको ७४औँ संस्करण हो । अमेरिकामा सुरु भएको मिस युनिभर्स र बेलायतमा सुरु भएको मिस वल्र्ड विश्वकै सबैभन्दा लामो समयदेखि चलिआएको सौन्दर्य प्रतियोगितामध्येका हुन्। थाइल्याण्डले आयोजना गरेको यो चौथो मिस युनिभर्स प्रतियोगिता हो । थाइल्याण्डकी प्रतिस्पर्धी ताजकी एक प्रबल दाबेदार मानिन्थिन् ।