काठमाडौं := रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् भाषा र सीप परीक्षा पास गरेकाहरूले दक्षिण कोरिया पठाउन ढिलाई गरिएको भन्दै ललितपुरस्थित इपिएस कार्यालयमा प्रदर्शन गरेका छन्।
भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएका व्यक्तिहरूले बिहीबार (कात्तिक २०) ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखा घेराउ गरेका हुन् ।
सन् २०२५ का निम्ति एक लाख ६३ हजारजना परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । उनीहरूमध्ये अधिकांश हालसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् । आफूहरूलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।
कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ। सन् २००८ देखि दक्षिण कोरियाले इपिएस प्रणालिमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो। हाल कोरियामा एक लाख हारहारीमा नेपाली कार्यरत छन् ।




















