मलेसियाका नेपाली राजदूत डा.तिम्सिनाको बिदाई कार्यक्रम स्थगित।

क्वालालम्पुर (मलेसिया):= अन्ततः मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिना नेपाल फिर्ता नजाने भएका छ्न । राजदूत तिम्सिना फिर्ता नजाने भएसंगै मलेसियाको विभिन्न संघसंस्थाको आयोजनामा तय भएका बिदाई कार्यक्रम पनि स्थगित भएको छ।

अहिलेको बर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीनेतृत्वको सरकारको पालामा बिभिन्न ११ मुलुकमा राजनीतिक नियुक्तिबाट नियुक्ति पाएर कार्यरत नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेका थिए।

तर हिजो आईतवारको दिन वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न / नगराउन भन्दै सर्वोच्च अदालतबाट आदेश आए पछि फेरी एकपटक देश देखि विदेशसम्म रानैतिकवृतमा नयाँ तरंग पैदा भएको छ।

सर्वोच्चको उक्त फैसलाले मलेसियास्थित नेपाली राजदूत डा.नेत्र प्रसाद तिमल्सिना लाई आज मिति २०२५ नोभेम्बर ०३ तारिखको दिन भव्यताका साथ बिदाई गर्ने कार्यक्रम समेत यसैकारणले स्थगित भएको हो।

मलेसियामा स्थापित संघसंस्था नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, गैरआवासीय नेपाली संघ मलेसिया, नेपाली व्यवसायी समाज मलेसिया र नेकपा एमाले निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च” मलेसियागरि चार वटा संस्थाले राजदूतलाई सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरिसकेका थिए।

नेपालमा सत्ता परिवर्तनसंगै मलेसियामा बारम्बार नेपाली राजदूत परिवर्तन हुने चलन प्रक्रिया बिगतदेखिनै चलिआएको छ । यसरी सत्ता परिवर्तनपिच्छे विदेशमा नियुक्ति पाएका राजदूत फिर्ता गराउने कार्यले नेपाली श्रमिकले थप दु:ख पाउने गरेको श्रमिक अगुवाहरुको गुनासो छ ।