“बालेनले ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ, हामी कानुनअनुसार कारवाही हुन्छ भन्छौँ ।”

काठमाडौं := काठमाडौं महानगरपालिका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न दबाब दिएको पाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा उनले बालेनले ओली र लेखकलाई कारवाही गर्न दबाब दिएको बताएकी हुन् ।

उनले भनिन्, “बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ। हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुनअनुसार कारवाही हुन्छ भन्छौँ ।”