भ्रष्टाचार विरोधि राष्ट्रव्यापी छापामारी कारबाहीमा स्क्यामिङ काममा संलग्न दुईहजार जना पक्राउ।

कोलालम्पुर (मलेसिया):= गत महिनासम्ममा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी छापामारी कारबाहीमा स्क्यामिङ काममा संलग्न २ हजार भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरु पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।

मलेसियाको बुकित अमन प्रहरीचौकी वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म १ हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ। उहाँका अनुसार अन्य विभिन्न अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

अनलाइन माध्यामबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताउनु भएको छ । देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उहाँले बताउनु भएको छ ।

यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२ दशमलव ८ मिलियन अमेरिकी डलर नोक्सान पुर्याएको जनाइएको छ । त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको उहाँले चेतावनी दिनु भएको छ ।

जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउदै उहाँले त्यस्ता सामाग्रीहरु आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने बताउनु भएको छ । Source : Bernama