पिएनसिसिद्वारा जोहर राज्यमा श्रम नवीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न।

जोहोर (मलेसिया):= प्रवासी नेपाली समन्वय समिति “पिएनसिसि”द्वारा आईएलओ प्रोजेक् (ILO PROJECT) आउटरिच प्रोग्राम मिरिडिउ अन्तर्गत यहीँ अक्टोबर २६ तारिख आईतबारको दिन मलेसियाको जोहर राज्यस्थित कुलाईमा “Foriegn Employment Information Management System (FEIMS)” मार्फत अनलाईन श्रम नवीकरण ” विषयमा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सो सचेतना कार्यक्रममा लगभग ३५ जना विभिन्न कम्पनीमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको उपस्तिथि रहेको थियो। यस कार्यक्रमले मलेसियामा कार्यरत रहेका नेपाली समुदायका श्रमिक हरुलाई श्रम नवीकरण को विशेषता र फाईदा बारे जानकारी र सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने पिएनसिसिले बिश्वास लिएको छ ।

उक्त कार्यक्रम पिएनसिसिको आउटरिच अफिसर सुरेन्द्र महतोले संचालन गरेका थिए भने , कार्यक्रम लाई ब्यबस्थापन तथा सहजीकरण पिएनसिसिकै राजु तामाङ ले गरेका थिए ।