क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका अध्यक्ष एवं समाजसेवी नेपाली ब्यावसायी राकेश प्रसाद महतोले आफ्नो जन्म दिनको अवसरमा अनाथ आक्ष्रमलाई आर्थिक र खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ ।
आज अंग्रेज़ी मिति सन् २०२५ अक्टोबर २५ तारिख परेको एनआरएनए मलेसिया अध्यक्ष महतोले आफ्नो जन्म दिनको अवसर पारेर बारा कलैया-४ मा अवस्थित अमृता अनाथ आक्ष्रममा रहेका अनाथ बालबालिकालाई थोरै भएनी सहयोग पुगोस् भन्ने हेतुले अनाथ आक्ष्रम परिसरमा आफैं उपस्थित भैइ नेपाली रु.११ हजार १ सय रुपैयाँ नगद र आवश्यक सबै किसिमका खाद्यान्न किनिदिएर सहयोग गर्नुभएको हो ।

अध्यक्ष महतो दुई दशकदेखि मलेसियामै कार्यरत रहि ब्यापार , ब्यावसाय गर्दै आएका एक सफल नेपाली ब्यावसायी हुन । अध्यक्ष महतो एनआरएनए मलेसियाको अध्यक्षसंगै नेपाली जनसम्पर्क समिति मलेसियाका नेता पनि हुन । चाडपर्व मनाउन नेपाल गएका महतो आफैं उपस्थित भैइ अनाथ आक्ष्रमलाई सहयोग गर्नुभएको हो ।


















