मगर संघ पेनाङको ९औं अधिवेशन सम्पन्न, दिपक लुङ्गेली मगरको अध्यक्षतामा नयाँ कार्यसमिति।

काठमाडौं := नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले आफ्नो ९औं अधिवेशन सफलताका साथ सम्पन्न गरेको छ। नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङका निवर्तमान अध्यक्ष बिरस पुन मगरको अध्यक्षतामा बितेको आईतवार सम्पन्न कार्यक्रममा  नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएको थियो।

त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुष्मिता ठाडा मगर , अतिथि नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष न्वाङ् नुरि शेर्पाका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारद्धय विजय पुन मगर र उर्मिला पुलामी मगरले गीत तथा नृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए । साथमा स्थानीय कलाकारहरुले पनि जातीय पहिचान झल्किने बेजोड सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

अधिवेशनबाट नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने विभिन्न संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

पेनाङ समितिमा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति (२०२५–२०२७) कार्यकालको नमावली हेर्नुस् : 

संरक्षक: बिरस पुन मगर
प्रमुख सल्लाहकार: ओकिल थापा मगर , सल्लाहकारहरू क्रमश : गोकुल तुम्सिङ मगर,  राजन आले मगर , बल बहादुर थापा मगर , दल बहादुर बुढा मगर , दिलिप सोमै मगर
तिपेन्द्र बुढा मगर चयन हुनुभएको छ ।

कार्यसमितिको अध्यक्षमा दिपक लुङ्गेली मगर , उपाध्यक्ष:अङ्कित बुर्जा मगर, महिला उपाध्यक्ष: भगवती सिजाली मगर , सचिव: सम्मर थापा मगर , सह–सचिव: दिपेन्द्र बुढा मगर , कोषाध्यक्ष: मिना कुमारी बुढाथोकी मगर
सह–कोषाध्यक्ष : मनिका पुलामी मगर , सांस्कृतिक विभाग प्रमुख: प्रतीक्षा बारघरे मगर , खेलकुद विभाग प्रमुख: बुद्दिराम पुन मगर चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा क्रमशः , यम कुमारी थापा मगर ,
तारा आले मगर , शर्मिला घर्ती मगर , निसान लामिछाने मगर
, बिनोद राना मगर , अमृत पिठाकोटे मगर , नगेन्द्र पिठाकोटे मगर , सुजन थापा मगर , नरेश सारु मगर , रोसन ढेङगा मगर
विशाल रासकोटी मगर , पुर्ण क्याप्छाकी मगर , बल बहादुर कानुङ मगर , गुम बहादुर गाहा मगर , नारायणसिङ थकाली मगर , भबिलाल सोमै मगर , भक्त बहादुर सोमै मगर
रेसम सुर्यबंशी मगर , गम बहादुर बराल चयन हुनुभएको छ ।