आदिवासी महासंघ क्षेत्रीय समिति जोहोरद्वारा आयोजित “बृहत प्रशिक्षण कार्यक्रम”सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= “आदिवासी जनजातिको अधिकार, समानता र पहिचान हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जोहोर, मलेसियाद्वारा आयोजित “दोस्रो भौतिक बैठक तथा बृहत प्रशिक्षण कार्यक्रम” मिति २०२५ अक्टोबर १९ तारिख बितेको आईतवारको दिन भव्यतापूर्वक सम्पन्न भएको छ।

सो प्रशिक्षण कार्यक्रम महासंघ क्षेत्रीय समिति जोहोरका अध्यक्ष सन्तोष ठान्टीको अध्यक्षता , महासंघ मलेसिया केन्द्रिय समितिका निवर्तमान अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार बिपिन राईको प्रमुख आतिथ्यता , केन्द्रिय समिति मलेसियाका वर्तमान अध्यक्ष पदमराज लिम्मुको विशिष्ट आतिथ्यता , उपाध्यक्ष विक्रम वाईबा तामाङ , महिला उपाध्यक्ष देवीका राई (बिनु), महासचिव संजिव तामाङलगायत नेपाली अगुवा श्रमिकहरुको उपस्थितिमा सम्पन्न भएको हो ।


कार्यक्रममा विशेष प्रशिक्षण महासंघ मलेसियाका पुर्व केन्द्रिय अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार राईले आदिवासी जनजाति महासंघको नेपालमा अनि यहाँ मलेसियामा स्थापनादेखी , महासंघको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै प्रशिक्षण दिनुभयो ।

राईले “प्रवास मलेसियामा आदिवासी जनजाति समुदाय एकजुट भैइ आदिवासी संस्कृति जगेर्ना गर्न सबै आदिवासी जनजाती समुदाय एकजुट भएर लाग्नुपर्ने, र भैइपरी आएको खण्डमा सबैले एक अर्कालाई सहयोग गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।” कार्यक्रमको सञ्चालन क्षेत्रीय समिति जोहोरका सचिव सन्जु राईले गरेकी थिइन् ।