स्टार फुटबलर रोनाल्डो फेरि पनि बने सबैभन्दा बढी आम्दानी गर्ने धनी फुटबलर।

एजेन्सी (लिस्बन):= क्रिस्टियानो रोनाल्डो फेरि पनि सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बन्नुभएको छ । फोब्र्सले सार्वजनिक गरेको २०२५-२६ सिजनको सूचीमा उहाँले लगातार तेस्रोपटक शीर्ष स्थान कायम राख्नुभएको हो ।

साउदी क्लब अल-नासरका तर्फबाट खेल्ने पोर्चुगिज स्टारको वार्षिक आम्दानी करिब २८० मिलियन अमेरिकी डलर रहेको छ । यसमा तलब, बोनस र विज्ञापन वा तस्वीर सर्वाधिकार बाट हुने आम्दानी समावेश छ । गत एक दशकमा छैटौंपटक रोनाल्डो फोब्र्सको सूचीमा सबैभन्दा धनी फुटबलर बन्नुभएको हो ।

मैदानमा उहाँले करिब १३० मिलियन डलर कमाउनुहुन्छ भने मैदानबाहिर विभिन्न व्यावसायिक सम्झौताबाट थप ५० मिलियन डलर आम्दानी गर्नुहुन्छ । उहाँका पुराना प्रतिस्पर्धी लिओनल मेसी यसपटक पनि दोस्रो स्थानमा रहनुभएको छ । अमेरिकन क्लब इन्टर मियामी तथा अर्जेन्टिनी स्टारले क्लब खेलबाट ७० मिलियन डलर र मैदानबाहिरका विज्ञापन तथा ब्राण्ड सम्झौताबाट ४० मिलियन डलर कमाउनुभएको छ ।

सन् २०२२ मा मेस्सी फोब्र्सको शीर्ष स्थानमा रहनुभएको थियो । गत वर्ष तेस्रो स्थानमा रहनुभएका ब्राजिली स्टार नेयमार जुनियर चोटका कारण लामो समयदेखि मैदानबाहिर हुनुहुन्थ्यो । यसपटक उहाँले शीर्ष १० मा स्थान बनाउन सक्नुभएन । उहाँको अनुपस्थितिमा अल-इत्तिहादका करिम बेन्जेमा तेस्रो स्थानमा पुग्नुभएको छ । उहाँको आम्दानी १०४ मिलियन डलर रहेको छ । एजेन्सी