मलेसियामै हराएका रेग्मी सकुशल भेटिए, अब स्वदेश फर्काउने दूतावासको तयारी।

क्वालालम्पुर (मलेसिया):= आफ्नो घरपरिवारसंग सम्पर्कविहीन भएर मलेसियामा हराइँरहेका गोरखा नगरपालिका–२ निवासी राजेन्द्र रेग्मी मलेसियामै सकुशल भेटिएका छन्।

उनलाई शुक्रबार साँझ क्वालालम्पुर कोतारायामा अवस्थित उग्रतारा रेष्टुरेन्टका संचालक एवं नेपाली जनसम्पर्क समिति मलेसियाका उप-सभापति टेक बहादुर टामोटाले कोताराया क्षेत्रमै भेटाइएको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले जनाएको छ।

रेग्मी सन् २०१६ (२०७२ साल) मा वैदेशिक रोजगारीका लागि मलेसिया आईपुगेका थिए। तर यहीँ २०२५ सेप्टेम्बर २८ देखि परिवारसँग सम्पर्क नआएपछि परिवारले चिन्ता व्यक्त गर्दै खोजीका लागि मलेसियास्थित नेपाली राजदूतावास , मलाया खबर , एनआरएनए र प्रवासी नेपाली समन्वय समिति (PNCC) लगायत कैयौं संघसंस्था सँग खोजी कार्यको लागि निवेदनसहित अपिल गरेका थिए ।

तत्पश्चात दुतावास संग समन्वय गरी मलेसियामा चारैतिर खोजी कार्य सुरु गरिएको थियो । भेटिएका रेग्मीलाई प्राथमिक उपचारका लागि PNCC Malaysia का संयोजक पूर्ण सुब्बा लिम्बु , जीवन देवान गाउँलेलगायतले समन्वय गरी मलेसियाको क्रिष्टिना होम केयर सेन्टरमा राखिएको दूतावासले जनाएको छ।

दूतावासले हराइरहेका नेपाली नागरिकको खोजीमा सहकार्य गर्ने सबैलाई धन्यवादसंगै आभार प्रकट गरेका छ्न । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई कठिन परिस्थितिमा एक–अर्कामा सहयोग गर्न आग्रह पनि गरेका छ्न । अब आवश्यक कागजी प्रक्रिया पूरा गरि रेग्मीलाई स्वदेश फर्काइने जनाएको छ ।