काठमाडौं := रियालिटी सो ‘एक्टिंग स्टार’को शीर्ष उपाधि बाँके नेपालगञ्जकी नवीना रानाभाटले जित्नुभएको छ । बुधबार साँझ आयोजित ग्राण्ड फिनालेमा उहाँले अन्य प्रतियोगीलाई पछि पार्दै विजेता घोषित हुन सफल हुनुभएको हो । उहाँले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक दुवैको मन जित्दै उपाधि हात पार्नुभएको हो । उहाँलाई शोका निर्णायकसमेत रहनुभएका वरिष्ठ अभिनेता नीर शाहले ट्रफी प्रदान गर्नुभएको थियोे ।
शोमा फष्ट रनरअप भावना मगर र सेकेण्ड रनरअप इभा घिमिरे हुनुभयो । दुवैले ट्रफीसहित विभिन्न उपहारसमेत हात परेका थिए । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘एक्टिङ स्टार’ अभिनयमा आधारित रियालिटी शो हो । जसको निर्णायकमा नीर शाहको अलावा अभिनेता अनुप बराल र अभिनेत्री ऋचा शर्मा रहनुभएको थियो । शोका निर्देशक विशाल भण्डारीले गर्नुभएको थियो ।


















