काठमाडौं := नेपाली क्रिकेट टोली तेस्रो पटक टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ। ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल तेस्रो पटक टी-२० विश्वकपको टिकट काट्न सफल भएको हो ।
नेपालसँगै इस्ट एसिया प्यासिफिक क्वालिफायरको आयोजक टोली ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ। बुधबार भएको खेलमा यूएईले साओमालाई पराजित गरेसँगै नेपाल र ओमानले दुई खेल खेल्नुअघि नै विश्वकप यात्रा तय गरेका हुन् ।
नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको अबको लक्ष्य छनोट प्रतियोगिताको उपाधि जित्ने हुनेछ । आजको खेलमा जित निकाल्न सके नेपाल छनोट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यबाट एक कदम मात्र पछि हुनेछ ।


















