पार्टी र देशको वातावरण सुधार्न तीन दलका प्रमुख नेताहरूलाई विदाई गरौं: महामन्त्री थापा।

काठमाडौं:= नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र देशको सम्वाद वातावरण सुधार्न तीन दलका प्रमुख नेताहरूलाई विदाई गर्न आह्वान गर्नुभएको छ। आइतबार अपरान्ह भिडिओ सन्देशमार्फत् उनले बितेको १० वर्षमा सत्तालाई ओली, देउवा र प्रचण्डले म्युजिकल चेयरजत्तिकै बनाएको र अहिलेको समस्या निम्तिएको बताएका छन् ।

‘१० वर्ष यसैगरी बितेको थियो । आजको यो समस्याको एउटा मेजर कारणको यो सुरू भनेकै यही हो । अझै पनि तपाईँहरू चेत्नु हुन्न ? अझै पनि उहाँहरूले बिदा लिनु पर्दैन ? अझै पनि तपाईँहरूले उहाँलाई हटाउनु पर्दैन ? म सुन्छु तपाईँहरू अहिले पनि कोही अधिवेशन कोहीबीच अधिवेशन यस्तै टेक्निकल कुरा गरिराख्नु भएको छ ।’

उहाँले २०८२ साल भदौ २५ गतेपछि र भदौ २२ गतेअघिको नेपाल एउटै नभएको टिप्पणी गनुृभयो। सभापति देउवालाई यत्रो पर्दाखेरि इम्पेथी नराखेको भन्दै पार्टीका केही सदस्यहरूले उठाएको प्रश्नप्रति थापाले इम्पेथी राखेको स्वीकार गर्नुभयो । थापाले आफू र महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ गते सभापति देउवामाथि भएको आक्रमणको भत्र्सना गर्दै वक्तव्य जारी गरेको स्मरण गराउँदै भन्नुभयो “हामी कसैमाथि पनि हुने भौतिक आक्रमणलाई अस्वीकार गर्ने व्यक्तिहरूमध्ये पर्छौं।”

उनले लगातार ३ वटा चुनावमा आफूले लगातार तीनवटा पार्टीलाई नै आफूले भोट हालेको उल्लेख गरेका छन्। ‘मेरो बुवाआमाले सधैँ नेपाली कांग्रेसलाई भोट हाल्नु हुन्छ । तर मेरो केही हुँदैन कांग्रेसमा ? तपाईँहरू केही मान्छे मेम्बरहरू मात्र बसेर कांग्रेसको बारेमा मेम्बर्स बसेर एमाले माओवादीको बारेमा निर्णय गर्ने तपाईँहरूसँग मात्रै अधिकार छ ? भोट चाहिँ हामी सबैले हाल्न पर्ने । निर्णय चाहिँ तपाईँहरूको केही मान्छे मुठीभर मानिसहरू बसेर गर्ने ? आज बिग्रेको कुरा यही कारणले गर्दा हो’, गगनले भनेका छन् ।

मतदातामाझ अहिले गए तिम्रो आफ्नो पार्टीको टाउको तिमीले हटाऊ, उहाँहरूलाई विश्राम लिन लगाऊ भन्छन् भन्दै उर्नले यसको बारेमा कुनै दुविका छ ? भन्दै सोधेका छन् ।उनले आफ्ना नेताहरूलाई फ्र्यांक्ली साथ नो मोर, इफ बट केही नभनी छाडेर घर बस्न भन्न तीनवटै दललाई आव्हान गरेका छन् ।

‘तपाईँहरूले छाड्नुपर्छ, तपाईँहरू घर बस्नुपर्छ । अब तपाईँहरू बिना हामीले पार्टी चलाउँछौँ भनेर हामीले भन्नुपर्छ । यसो गर्न सक्यौं भने मात्र हाम्रो पार्टीले आम मानिसहरू सँग कुरा गर्न सक्छ’, उनले भने । गगनले भ्रष्टाचारलाई फाल्नुपर्ने पनि बताएका छन् । उहाँले सम्वाद, सहकार्य र संवैधानिक प्रक्रियामार्फत् देशको राजनीतिक स्थिरता कायम गर्न सबै दलका नेताहरूलाई जोड दिनुभयो ।