क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ मलेसिया केन्द्रिय समितिको नियमित दोस्रो बैठक क्वालालम्पुरमा अवस्थित एभरेष्ट किचेन रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।
आइतबार सम्पन्न बैठकमा महासंघका पदाधिकारी , कार्यसमिति सदस्यहरू तथा सल्लाहकार हरूको उपस्थिति रहेको थियो। दोस्रो बैठकमा महासंघको सल्लाहकार पदमा मनोनीत घनश्याम चौधरी “आरएन” लाई प्रमाणपत्र प्रदान गरिनुको साथै महासंघमा नव प्रवेशी सदस्य हरुलाई खादा लगाएर स्वागतसंगै सदस्यता प्रदान गरिएको थियो ।

साथै बैठकले हालै नेपालमा परेको भीषण वर्षा,पानी पछि आएको बाढी र पहिरोका कारण ज्यान तथा धनको क्षेत्ति व्यवहोरेका पीडितहरूलाई राहत सामग्री संकलन तथा वितरण गर्ने महत्वपूर्ण निर्णय समेत गरेको छ।

महासंघले आगामी दिनहरूमा सबै संघ–संस्थासँग सहकार्य गर्दै राहत अभियानलाई प्रभावकारी बनाउने अध्यक्ष पदम राज लिम्बूले बताए। बैठकले विपद् प्रभावितहरूलाई शीघ्र सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुका साथै प्रवासी नेपाली समुदायबीच एकता र सहकार्यलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ।
बैठकको अवसरमा उपस्थित सहभागीहरू बीच नेपालीहरुको महान चाड विजयादशमी शुभ दिपावली,छठ पर्व साथै नेपाल संवत् ११६४को शुभकामना आदान–प्रदान गरिएको थियो।





















