पालैपालो रास्वपा छाड्ने बढ्दै, केन्द्रिय सदस्य अधिकारीले दिए राजीनामा।

काठमाडौं := बिस्तारै विस्तारै भरखरै केहि बर्ष पहिले उदाएका नेपाली राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी छाड्नेहरुको लर्कोनै लागिरहेको छ। पार्टी छाड्ने क्रममै रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पार्टीमा रहेको पदबाट राजीनामा दिएका छन्।

पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे। उनले भने, ‘आज राजीनामा दिनुभएको छ । संस्थापक केन्द्रीय सदस्य हो उहाँ । पदप्रति आशक्ति नभएको व्यक्ति हुनहुन्छ । रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिनुभएको थियो । पार्टीलाई केही आरोप नगरी राजीनामा गर्नुभएको छ ।’

पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो । कार्यदल बनाएर संवाद गरी फर्काउन पहल गर्नुपर्ने केही नेताहरुको विचार थियो । पछिल्लो जेनजी आन्दोलनपछि पूर्व सह-महामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिईसकेका छ्न ।