ओमान := ओमानमा ठगहरुले थरिथरिका उपाय लगाएर ठग्ने क्रम बढेपछि मस्कटस्थित नेपाली राजदूतावासले सबै नेपाली कामदार हरुलाई सतर्क रहन अनुरोध गरेको छ। दूतावासका अनुसार एक जना नेपाली कर्मचारीलाई बैङ्किङ फ्रड गर्ने ह्याकरले झन्डै झुक्काएको जनाएको छ।
दूतावासले बताए अनुसार ती ह्याकरले तपाइको कार्ड हराएको हो । चेक गर्नुहोस् त।” भनेछन् । केही समयअघि आएका नयाँ कर्मचारीले प्रहरी नै देखेपछि साच्चै हो कि भनेर खल्तीबाट निकालेर मसँगै छ भनेछन्। हेर्दा साँच्चैको रोयल ओमान प्रहरी जस्तै देखिने रहेछ। कार्डको अगाडि पछाडिको भाग देखाउन लगाएछ । एउटा ओटिपी आउँछ त्यो दिइहाल्नु तुरुन्तै नभए कारबाही गर्न ढिला हुन्छ र पैसा फिर्ता लिन सकिँदैन भन्दै रहेछ ।
यही बखतमा अर्को एकजनाले देखेको हुनाले तत्काल लाइन डिस्कनेक्ट गरेर र बैङ्कको एकाउन्ट ब्लक गरेको कारणले बालबाल रकम जोगिएको घटना सार्वजनिक गर्दै दूतावास ओमानमा कार्यरत नेपाली समुदायलाई पनि यस्ता ठगीबाट जोगिन एक विज्ञप्ति जारी गर्दै सचेत गराएको छ। आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड कसैलाई देखाउने वा ओटिपी दिने काम कुनै हालतमा नगर्न, वास्तविक प्रहरी वा बैङ्कले कहिल्यै यस्तो माग गर्दैनन्।
अर्को एक जना दूतावासका कर्मचारीलाई पनि यस्तै कल आएकाले ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ। त्यस्तै केही दिनअघि एउटा भिल्ला भाडाको लागि राखिएको रहेछ । स्विमिङ पुल सहितको राम्रो भिल्ला । भाडा भने मासिक ५०० रियाल मात्रै । भिल्ला हेर्नको लागि साँचो यो ठाउँमा राखिएको छ गएर हेर्नुस् भन्दा रहेछन्। एकजना गैर आवासीय नेपालीले घर हेरिसकेपछि र उसले उपलब्ध गराएको घरको सबै कागजपत्र दुरुस्त देखेपछि निकै सस्तो रहेछ भाडामा लिइ हाल्नुपर्यो भन्ने परेछ।
उसले ६ महिनाको भाडा दिनको लागि जोरजुलुम गरे पनि बैनाको रूपमा २०० रियाल भने दिइहाल्दी सकेछन्। उक्त पैसा त खाई खाईदियो र ६ महिनाकै भाडाको रकम मुस्किलले जोगिएछ । त्यसैले ठगहरूबाट सबैजना सावधान रहन र यस्तै प्रकारका कुनै ठगी सम्बन्धी विषय भएमा दूतावास तथा रोयल ओमान प्रहरीलाई खबर गरिहाल्न अनुरोध छ ।
कहिले चिट्टा पर्यो भनेर त कहिले निःशुल्क तथा भारी छुट वा अविश्वसनीय अफरमा पनि झुक्काउने गरेको भन्दै यस्तै कुनै भोगाइ छ भने दूतावासलाई उपलब्ध अनुरोध छ । नाम गोप्य राखी सचेतना मुलक सन्देश प्रवाह गरिने समेत दूतावासले जनाएको छ।