काठमाडौं := प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाललाई राखेको छ। प्रधानमन्त्री कार्कीको सिफारिसमा आजै चार नवनियुक्त मन्त्री नियुक्त गर्नुका साथै मन्त्रालयको पनि हेरफेर गरिएको छ।
मन्त्रिपरिषद् वरीयताअनुसार यसरी रहेको छ:
अर्थमन्त्री , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – रामेश्वर खनाल (२ मन्त्रालयको जिम्मेवारी)
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री – कुलमान घिसिङ (३ मन्त्रालयको जिम्मेवारी)
गृहमन्त्री – ओमप्रकाश अर्याल
आज शपथ लिएका नवनियुक्त मन्त्रीहरूको वरीयता यसप्रकार छ:
उद्योग, कानुन र भूमि मन्त्री – अनिल सिन्हा (३ मन्त्रालयको जिम्मेवारी)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री – महावीर पुन (१ मन्त्रालय)
कृषि मन्त्री – मदन परियार (१ मन्त्रालय)
सञ्चार तथा सूचना प्रविधि मन्त्री – जगदीश खरेल (१ मन्त्रालय)
हाल मन्त्रिपरिषद् ८ सदस्यीय रहेको छ। बाँकी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले सम्हालिरहनुभएकाे छ ।