पेनाङ (मलेसिया):= मलेसियामा स्थापित नेपाली फुटबल क्लबहरुको साझा संगठन, माउ संस्था “नेपाली फुटबल संघ (मलेसिया)” ले प्रथम ऎतिहासिक एनएफए कप-२०२५ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ ।
यस् प्रतिष्ठित फुटबल प्रतियोगिताको शुभारम्भ भने आगामी १९ र २० अक्टोबर २०२५ को दिन मलेसियाको पेनाङ राज्यमा अवस्थित बुकित मेर्ताजाम भन्ने ठाउँ मा आयोजना हुने तय भएको आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगीतामा टोली दर्ता मिति २० सेप्टेम्बर २०२५ सम्म गर्न सकिनेछ् । प्रतियोगिताको पुरस्कार राशि प्रथम पुरस्कार आरएम ३० हजार , दोस्रो पुरस्कार राशि आरएम १५ हजार राखिएको छ ।
प्रथम एनएफए कप-२०२५ नेपाली आप्रवासीबीचको एकता, मैत्री र खेल भावनालाई मजबुत बनाउन, साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको जनाएको हो ।
नेपाली फुटबल संघ (मलेसिया) ले मलेसियाभर रहेका सबै नेपाली फुटबल टोलीहरूलाई दर्ता भई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। साथै, खेलप्रेमी, समर्थक र समुदायका सदस्यहरूलाई पेनाङमा उपस्थित भई यो ऐतिहासिक क्षणलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ ।