काठमाडौं := काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख एवं एमाले नेत्री सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उपमहानगर उपप्रमुख डंगोलले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, “नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यो केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जीसहित समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।”
उहाँले सम्पूर्ण महिला दिदीबहिनीहरूको आशा प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको बलिदानलाई सम्मान गर्ने दिशामा कदम चाल्नेमा रहेको बताउनु भएको छ । उनले भनेकी छिन्– ‘नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’ साथै उहाँले जेनजी आन्दोलनमा सहादत प्राप्त शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको छ ।https://www.facebook.com/share/p/1FfcrB9G6T




















