जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्ने २६ जना पक्राउ।

काठमाडौं := मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले पक्राउ गरेको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ ।

सेनाले काठमाडौं र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको हो। सेनाले नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न पाँच, भक्तपुर र काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको हो । दुई दिनदेखि चर्किएको जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।