‘माग्ने राजा’ फिल्मबाट लिड रोलको परीक्षामा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पास ।

काठमाडौं := ‘माग्ने राजा’बाट लिड रोलमा डेब्यू गरेका केदार घिमिरे ‘माग्ने बूढा’लाई फिल्मको व्यापारिक सफलताले राहत दिएको छ । यो फिल्मको व्यापार ज्यादै राम्रो भने छैन । तर, फ्लप हुनबाट भने जोगिएको छ । भनौं केदार शीर्ष भूमिकाको परीक्षामा केही हदसम्म पास भएका छन् ।

ठूलो पर्दाको सहायक भूमिका दर्शकले रुचाइएका कलाकार हुन्– केदार घिमिरे । छक्का पञ्जा टिमले निर्माण गरेको फिल्ममा उनी सहायक भूमिकामा देखिँदै आएका थिए ।‘छक्का पञ्जा ५’ प्रदर्शनमा आएपछि दीपक–दीपा फिल्म निर्माणबाट विश्राममा छन् । यही मौका पारेर केदारले बाहिरी ब्यानरको फिल्म साइन गरेका हुन् ।

उनले बाहिरी ब्यानरको फिल्म साइन मात्रै गरेनन्, लिड नायकको भूमिकामा समेत आफूलाई पहिलो पटक प्रस्तुत गरे। उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ तेस्रो सातामा प्रदर्शनरत छ । चलचित्र विकास बोर्डका अनुसार सुरुवाती १२ दिनमा यस फिल्म ४ करोड ९ लाखको ग्रस कलेक्सन गरेको छ ।

यसले हिटको आँकडा छुन लागेको छ । पाँच करोड ग्रस कटाउने फिल्मलाई हिटको ट्याग दिने प्रचलन छ । यस अर्थमा केदारको लिड रोलमा डेब्यू सफल नै हुने देखिन्छ । सँगै यो आँकडाले केदारको स्टारडर्मलाई पनि छर्लङ्ग पारेको छ ।

माग्ने बूढाले यस फिल्मको लागि ५१ लाख पारिश्रमिक लिएको निर्माता मुनाल घिमिरेको दाबी छ । साथै, केदार अहिले नेपाली फिल्मको महँगो कलाकारका रुपमा हेरिन थालेका छन् । अन्य फिल्ममा पनि उनले मोटो पारिश्रमिक लिने गरेको चर्चा छ ।

अब ‘माग्ने राजा’को ग्रस कलेक्सनले केदारको केदार मोटो पारिश्रमिक डिर्जभ गर्छन् वा गर्दैनन् भन्ने मेकरहरुलाई सोच्न भने बाध्य बनाएको छ । जे होस्, केदारले ‘माग्ने राजा’लाई मोटामोटीरुपमा घाटैबाट भने बचाएका छन् ।