क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको समन्वय सहयोग र प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटि मलेसियाको हवाई टिकट सहयोगमा नेपाली कामदार अमिर चौधरी नेपाल फर्किएका छन।
चितवन जिल्ला खैरहनी नगर पालीका वडा नं. १२ कपिया निवासी चौधरी बिगत ३ महिना अगाडि अध्यागमन विभागको अनुशन्धानको क्रममा पक्राउ परी घरफिर्ति केन्द्रमा रहेको र पारिवारिक स्थिती नाजुक भएको कारण सहयोगको अपिल आए पछि मञ्चले टिकट उपलब्ध गराउदै स्वदेश फर्किएको मञ्चले जानकारी दिए ।

जानकारीअनुसार यस् भन्दा पहिले गत महिना अगस्ट २७ तारिखको दिन नै नेपाल फर्किनलाई निज अमिर चौधरीलाई रोजगारदाता कम्पनीले नै टिकट किनिदिएर सहयोग गरेका थिए । तर अध्यागमन विभागले चौधरीलाई स्वदेश फर्किन आवश्यक पर्ने सम्पुर्ण कागजात पूरा नभएको भन्दै त्यस दिन विमानस्थल नपुर्याएकोले यस् सेप्टेम्बर महिनासम्म रोकिन पुगेका थिए ।

कम्पनीले काटिदिएको टिकट त्यतिकै खेर गएपछि प्रवासी नेपाली मञ्चले आफ्नो सक्रियतामा नयाँ टिकट खरिद गरेर सहयोग गरेपश्चात् अत: ऊनी हिजो मिति यहीँ ४ सेप्टेम्बरको दिन नेपाल फर्किन सफल भएका हुन ।
प्रवासी नेपाली मञ्च मलेसियाले बिगतदेखिनै यहाँ रहेका पीडित नेपाली हरुलाई सक्दो आर्थिक,भौतिक सहयोग समन्वय मार्फत उद्दार गर्ने र स्वदेश फर्काउने काम गर्दै आएका छ्न ।




















