क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि आगामी अगस्ट ३१ मा हुने नवौं अधिवेशन हुँदैछ । नवौं अधिवेशनमा नेपाली समाजसेवी मनका धनी ब्यावसायी बालध्वज लिम्बुले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
करीब दुई दशक लामो समय मलेसिया बसाइँमा बिताएका लिम्बु श्रमजीवी नेपाली समुदायमा भैइपरि आएको खण्डमा विभिन्न समस्या समाधानमा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न सामाजिक कार्यमार्फत नेपाली समुदायलाई सहयोग गर्दै निरन्तर योगदान दिएका छन्।
गत कार्यकालमा एनसिसि मलेसियाको कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालेका लिम्बु यसपटक उपाध्यक्ष पदमा उम्मेदवार बनेका हुन्। संस्थाभित्र समावेशी नेतृत्व, व्यावहारिक काम र सहकार्यलाई प्राथमिकता दिने उनका कारण उनलाई “कम बोल्ने, बढी काम गर्ने सालिन र भद्र उम्मेदवार”का रूपमा हेरिएको छ।



















