एनआरएनए मलेसियाको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा चौधरीको उम्मेदवारी।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ सम्म कार्यकालका लागि हुने नवौं अधिवेशनमा चितवन खैरैनीका विष्णु चौधरीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

पाँच वर्षदेखि मलेसियामा कार्यरत चौधरी विभिन्न सामाजिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहँदै आएका छन्। उम्मेदवारी दर्तापछि उनले आगामी कार्यकालमा संस्थालाई नयाँ धार र गतिशीलतासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उपाध्यक्ष प्रत्याशी चौधरीलाई इमानदार, स्वच्छ छवि र सामाजिक जिम्मेवारीबोध भएका युवा उम्मेदवारका रूपमा हेरिएको छ। नेपालमा हुँदा ५ बर्षसम्म स्कुलको हेडमास्टर भएर पनि काम गरिसकेको अनुभव छ ।

चौधरी पुर्व तेक्वान्दो खेलाडी पनि हुन । उनले खेल क्षेत्रमा करिबकरिब २० बर्ष नेपालको लागि योगदान दिएका हुन ।साथै चौधरीले नेपालमा थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्था-क्लबसंग आवद्ध रहि समाजसेवा पनि गर्दै आएको छ ।