एनआरएनए मलेसिया नवौं अधिवेशन: मलेसियाको वरिष्ठ-उपाध्यक्ष पदमा दिल केरुङको उम्मेदवारी।

[ तिलोचन गौतम ] 

क्वालालम्पुर (मलेसिया):=  गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाको २०२५ – २०२७ को कार्यकाल को लागी नवौं अधिवेशन यहीँ अगस्ट ३१ तारिख आयोजना हुने तय भएको छ । एतिबेला बढ्दो चुनावी सरगर्मीसंगै सबै उम्मेदवारहरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न ।

गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियामा  २००३ बाटै साधारण सदस्य हुँदै प्राय:जसो सबै बिगतका कार्यसमिति हरुमा रहेर काम गर्दै लामो अनुभवले खारिएका रेस्टुरेन्ट ब्यावसायी दिल केरुङ लिम्बुले नजिकिदै गरेको २०२५ – २०२७ कार्यकाल को लागि वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका छ्न ।

दुई दशक लामो समय मलेसियामा ब्यतित गरिसकेका वरिष्ठ-उपाध्यक्ष पदका प्रत्यासी उम्मेदवार दिल केरुङ लिम्बु विभिन्न संघसस्थामा आवद्ध भएर काम गरिसकेका संस्थालाई नेतृत्व दिन सक्ने गतिलो सम्भावना बोकेका उम्मेदवार हुन । मलेसियामा नेपाली श्रमिक हरुका समस्या बुझेका र विभिन्न समय काल खण्डमा समस्याहरु समाधान गर्दै समाजसेवा गर्दै आएका समाजसेविको रुपमा समेत लिम्बु परिचित छ्न ।

अहिले लिम्बू किरात याक्थुङ चुम्लुङ मलेसियाको अध्यक्ष पदमा र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको सल्लाहकार को रुपमा रहि समाजसेवाको काम गरिरहेका छ्न ।