मलेसियामा अगुवा श्रमिकहरुसंग सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रहेका अगुवा श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यहि अगस्ट २६ तारिख गत मंगलबारको दिन क्वालालुम्पुर स्थित मझेरी रेष्टुरेन्टमा मलेसियामा अग्रपंक्तिमा रहि काम गर्ने नेपाली अगुवाहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी तथा शिक्षित गराउन नेपालबाट सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बरष्ठि साहायक निर्देशक प्रेमबहादुर महतको उपस्थिति रहेको थियो ।

ग्लोबल आईएमई बैंकको प्रायोजनमा भएको कार्यक्रमको ब्यवस्थापन ग्लोबल आईएमइ बैंकका मलेसिया प्रमूख बाबुराम पौडेलले गर्नुभएको थियो ।