आदिवासी जनजाती महासंघ मलेसिया र राजदूतावासबीच भेटघाट सम्पन्न, श्रमिकको मुद्दामा एकजुट भएर लाग्ने।

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ “नेफिन” मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुरबीच भेेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार नेपाली राजदुतावास क्वालालम्पुर पुगि महासंघको छैटौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदाधिकारी र दूतावास बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।

संघको नव निर्वाचित अध्यक्ष पदमराज लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा संघको महासचिव सन्जिव तामाङले नेपाली राजदुतावास मलेसियाको महामहिम राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनासमक्ष गत अगस्ट ३, तारिख नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको छैटौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको नामावली वाचन गरेर सुनाउनु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ मलेसियाको नव निर्वाचित अध्यक्ष पदमराज लिम्बू, संरक्षक सुन्दर आले, त्यस्तै सल्लाहकारहरु दिलकेरुङ लिम्बू, ईन्द्र लिम्बू लगायत समितिका महासचिव सन्जिव तामाङ सचिव यज्ञ कुमार राई र महिला सचिव तील रानी लिम्बू लगायतले राजदूत डा.तिम्सिनालाई मायाको चिनो भगवान गौतम बुद्धको मुर्ति हस्तान्तरण गर्नुभयो ।

राजदूत डा.तिम्सिनाले पनि स्वागत गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो।कार्यक्रम पहिलो चरणमा महासंघको तर्फबाट उपस्थित टोली र राजदूत बीच पालैपालो आफ्नो परिचय राख्दै सुरुभएको कार्यक्रममा राजदूत डा.तिम्सिनाले अन्तिममा आफ्नो परिचय दिदै भन्नु भयो महासंघले धेेरै राम्रो काम गरेको छ। त्यो अस्तिनै मैले थाहा पाएको र अस्ति कार्यक्रममा प्रदेश प्रमुखले सबै कुरा भन्नुभएको छ, भन्दै म आफु पनि जनजाति सामुदाय संगै पहिला दिखिनै नजिक भएर काम गर्दै्दै आएको बताउनुभयो । साथै मलेसियामा रहेको श्रमिकको बिषयमा महिनाको एकदिन शुक्रबार पारेर सबै संघ संस्थाको प्रतिनिधिहरु संग समसामयिक बिषयमा छलफल गर्ने। र लगत्तै आउदै गरेको संविधान दिवस तथा राष्ट्रिय दिवसमा सबै संस्थाहरुलाई पत्र काटिने र संस्थाको तर्फबाट उक्त कार्यक्रममा उपस्थिति हुनेहरुको सिमित अग्रिम नाम उपलब्ध गराउनु पर्ने पनि जानकारी गराउनु भयो।

त्यस्तै कुवेतमा भर्खरै बिषालु मदिरापान रक्सी सेवन गरेर बिदेशी सहित नेपाली ३५ जना बिरामी भएको र त्यस मध्ये १६ जनाको ज्यान गएको बिषयलाई लिएर थोरै छलफल भएको थियो। र उक्त छलफलमा हामीले यो घट्नाबाट मलेसियामा कसरी नेपाली श्रमिक हरुलाई सुरक्षित राख्न सकिन्छ ? यस् बिषयमा संघसंस्थाहरु र नेपाल एम्बेस्सीको बाट केही जनचेतनामूलक कार्यक्रम राख्ने र तपाईहरुले पनि राख्नु होला भनेर ध्यानाकर्षण गराउनुभयो।

त्यस्तै मलेसियामा कार्यरत सेक्युरिटी गार्डहरुलाई ३०, दिन काम लगाउने र १८०० देखि २१००/२२०० सयसम्म मलेसियान रिङ्गेट तलब दिनेगरिएको पाईएको छ। र यो बिषयमा नेपाल एम्बेस्सीले अब तुरुन्तै एक्सन लिने बताउदै कम्तिमा हप्ताको एक दिन छुट्टी र २३०० सय मलेसियान रिङ्गेट देखि २६०० सय सम्म तलब दिनको लागि रोजगारदाता कम्पनी र मेनपावरहरु संग कुरा राख्ने बताउनु हुँदै नेपाली दूतावास श्रमिक हरुको हक हितको लागि सदैब सकारात्मक रहेको र जुन न्युनतम तलब कम दिने काम बढी लाउने त्यस्ता कम्पनी हरुलाई सिधै एक्सन लिने बताउनु भयो।

भेेटघा तथा परिचयत्मक कार्यक्रममा महासंघका संरक्षक सुन्दर आले, सल्लाहकार दिल केरुङ लिम्बू, पुर्णबहादुर लिम्बू, अध्यक्ष पदम राज लिम्बू, महासचिव सन्जिव तामाङ, सचिव यज्ञ कुमार राई, महिला सचिव तिल रानी लिम्बू लगायत चर्चित मिडिया मलाया खबर अनलाईनको तर्फबाट प्रतिनिधि राजेन्द्र प्रसाद घिमिरेसहितको उपस्थिति रहेको थियो।