क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ ।
कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:०० बजेदेखि आयोजना हुने आयोजक संस्था एनआरएनए मलेसियाका महासचिव टिकाराम अधिकारीले बताउनुभयो ।
नवौं अधिवेशन तथा तीज कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारद्धय गायीका शोभा त्रिपाठी , गायक बुद्ध लामा लगायत स्थानीय कलाकार हरुले विशेष साँगीतिक, साँस्कृतिक प्रस्तुति दिने तय भएको महासचिव अधिकारीले भन्नुभयो ।
कार्यक्रममा उपस्थितिको लागि मलेसियामा स्थापित लगभग सम्पुर्ण संघसंस्थाका प्रतिनिधि लगायतलाई निमन्त्रणा गरिसकिएको र आम नेपाली श्रमिकहरु पनि मज्जाले उपस्थित हुन मिल्ने महासचिव अधिकारीले जानकारी दिनुभयो ।
अहिले एनआरएनए मलेसिया पनि आईसीसी जस्तै औपचारिक रुपमै दुई समुहमा विभाजन भएको छ । अर्को समुहको नवौं अधिवेशन गत महिना जुलाई २७ तारिख सम्पन्न भैइसकेको छ । जसको अध्यक्षमा राकेश प्रसाद “आरके” महतोसहितको टिम निर्वाचित भएका हुन ।




















