काठमाडौं := बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसिको आगामी अक्टोबरमा हुन लागेको १२औँ महाधिवेशनमा उम्मेदवार बन्नेहरूको लागि उम्मेदवारी शुल्क तोकिएको छ ।
संघको बसेको पदाधिकारी बैठकले अध्यक्ष पदको उम्मेदवारी शुल्क रु. ५ लाख रुपैयाँ कायम गरेको हो। संघले ११ औँ महाधिवेशनमा तोकिएको शुल्कलाई यथावत् राख्दै सबै पदमा उम्मेदवारी शुल्क अनिवार्य गरेको छ। तर महिला र युवा पदमा भने विशेष छुट दिइएको छ ।
युवा तथा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ । भने महासचिव पदका लागि ३ लाख रुपैयाँ तोकिएको छ। अहिले एनआरएनए औपचारिक रुपमा दुई समुहमा विभाजित भएको छ । अर्को समुहको अध्यक्ष भने महेश क्ष्रेष्ठ हुन ।




















