अस्थायी श्रमिक भिजिट पास लिएर मलेसिया प्रवेश गरि हराएका १ लाख भन्दा बढी विदेशी श्रमिक खोज्दै सरकार।

क्वालालम्पुर (मलेसिया):= अस्थायी श्रमिक भिजिट पास “भिसा” (Temporary Work Visit Pass) लिएर निर्माण क्षेत्रमा प्रवेश गरेका १ लाख ६ सय ४६ जना विदेशी श्रमिक हराइरहेको मलेसिया सरकारको गृहमन्त्री दातुक सेरी सैफुद्दिन नसुतियन इस्माइलले बताएका छन्।

यस सम्बन्धी तथ्य मंगलबार (अगस्ट १९) गृह मन्त्रालय र मानव संसाधन मन्त्री स्टिभन सिमबीचको संयुक्त समिति बैठकमा निर्माण उद्योग विकास बोर्ड (CIDB) को प्रस्तुतीकरणपछि सार्वजनिक भएको हो।
गृहमन्त्रीले भने “हामी हेर्छौं कुन कानुन उल्लङ्घन भएको हो र त्यहीअनुसार दण्डनात्मक कारबाही हुनेछ,” उनले थपे।

उनका अनुसार यो मलेसियामा आएर श्रमिक हराएको तथ्य निर्माण श्रमिक आदानप्रदान केन्द्र बीएचडी (CLAB) द्वारा कार्यान्वयन गरिएको foreign worker whitewashing कार्यक्रमपछि बाहिर आएको हो । गृहमन्त्रीले हराइरहेका श्रमिक र तिनका कम्पनी मालिकहरुलाई नियम उल्लङ्घन गरेको पाइए कडा कदम चालिने चेतावनी दिए।

“उनीहरू निर्माण क्षेत्रको श्रमिक पास बोकेर आउँछन्, तर CLAB सिस्टममार्फत गरिएको whitewashing प्रक्रियामा उनीहरूको अवस्था पत्ता लागेको छैन । देश छाडेर गयो कि यतै लुकेर बस्या छ्न भन्ने एकिन तथ्यांक नै छैन । यदि ऊनीहरुको पास दुरुपयोग भएमा, सम्बन्धित कानुनमा उल्लेख अपराध अनुसार कारबाही हुन्छ। पासको म्याद सकिएपछि उनीहरूले चेक आउट मेमो “check-out memo” साइन गरेर देश छाड्नुपर्थ्यो। यदि छाडेको छैन भने मलेसिया सरकार अब तिनीहरुको खोजी र निगरानीमा जान्छ,” सैफुद्दिनले भने।

विदेशी श्रमिक व्यवस्थापनबारे जारी नीतिलाई स्मरण गर्दै सैफुद्दिनले कोटा आवेदन अब केवल “केस–बाई–केस” आधारमा तीन प्रमुख क्षेत्र—प्लान्टेसन (बगान), खानी र निर्माण—र १० चयनित उप-क्षेत्रमा मात्र खुला हुने जानकारी पनि दिए। सरकारले यसअघि विदेशी श्रमिक व्यवस्थापनमा दुरुपयोग र अनियमितता नियन्त्रण गर्न नयाँ नीतिगत कदम उठाउने घोषणा गरेको थियो। — बर्नामा