राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने।

काठमाडौँ:= रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सारिने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।

‘लामिछानेको निवेदनअनुसार नै  नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार लेखेका छौँ,’ महानिर्देशक शर्माले भने, ‘जिल्ला कारागारले सुरक्षा व्यवस्थापन मिलाएर स्थानान्तरण गर्छ ।’ अब रूपन्देही कारागार, जिल्ला प्रशासन कार्यालय (सीडीओ) र अन्य प्रशासनिक निकायहरूले प्रक्रिया पूरा गरी उनलाई नख्खु कारागार ल्याउने काम अघि बढाउनेछन् ।