[ मिलन दोङ तामाङ ]
क्वालालम्पुर ( मलेसिया ):= नेपाली समुदायका लागि सामाजिक सहयोग र सहकार्यमा सक्रिय संस्था हेल्प मधेशी–मलेशिया ले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२५ (आइतबार) मा क्वालालम्पुर स्थित Wisma Ann Koai मा आयोजना गर्ने भएको छ।
“तन मन धन स…” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको संस्थाले यस अधिवेशनमा संस्थागत समीक्षा, भावी कार्ययोजना तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ।
कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। नेपाली दूतावास मलेशिया नजिकैको रहेको भवनमा आयोजना हुने यस कार्यक्रममा मलेशियामा रहेका नेपालीहरूलाई सहभागिताको लागि आयोजक संस्थाले आग्रह गरेको छ।
थप जानकारीका लागि सम्पर्क-
दिपक मण्डल: 011 3323 2950
प्रमोद कुमार महतो :016 2633 967
उदय नारायण मण्डल: 014 9638 726
जय प्रकाश शाह: 011 1284 8947
सुरेन्द्र महतो: 010 2521 407
पवन कुमार महतो :60 12-516 8482




















