क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा काम गर्दै आएका अगुवा नेपाली हरुले आफ्नो जन्म दिनको उपलक्ष्यमा पीडित नेपालीलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ ।
सोही क्रममा यहीँ जून २० तारिखका दिन जन्मिएका मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा मलेसियाको घरफिर्ती केन्द्रमा रहेका एक नेपालीका लागि हवाई टिकट सहयोग प्रदान गरेका छन् ।
उनले पिएनसिसि मलेसिया संयोजक पूर्ण सुब्बा लिम्बुमार्फत एकतर्फी हवाई टिकट हस्तान्तरण गरेका हुन। मिलन सिंहले प्रदान गरेको हवाई टिकट प्रप्त गर्नेमा रोहिणी ५, रुपन्देहीका (नाम खुलाउन नमिल्ने) एक बानियाँ थरका नेपाली युवा रहेका छन । अबैधानिक रुपमा बसोबास गरि काम गरिरहेेका बानियाँ अध्यागमनले गरेको छापामारी धडपकडमा पक्राउ परेका थिए ।
करिव तीन महिना देखि पेराकको विदुर घरफिर्ती केन्द्रमा रहेका बानियाका श्रीमतीले नेपालबाट फोन मार्फत हारगुहार गर्दै सहयोगको याचना गरेपछि नेपाली राजदूतवासले नि:शूल्क हवाई टिकटका लागि पिएनसिसिलाई समन्वय गरिदिन अनुरोध गरेका थिए।
दूतावासकै अनुरोधमा संयोजक सूब्बाले आग्रह गरेपछि मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा बानियाँलाई टिकट उपलब्ध गराएका हुन ।
३ जुलाईका दिन बाटिक एयरको उडानबाट श्रीमान नेपाल फर्किने खवर पाए पछि खुशी हुँदै बानियाँका श्रीमतीले टिकट प्रदान गर्नु हुने मिलन सिंह ठकुरी, नेपाली राजदूतवास र पिएनसिसिलाई फोनबाटै धन्यवाद दिएका छन ।




















