आरसिबी ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश।

एजेन्सी := रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आजको भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो ।

पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि फिल साल्टले शानदार अर्धसतक प्रहार गर्नुभयो । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाउनुभयो ।

यस्तै मयंक अग्रवालले १९ र रजत पाटीदारले १५ रन बनाउनुभयो । आरसिबीका बिराट कोहली १२ रनमा आउट हुनुभएको थियो ।पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले एक एक विकेट लिनुभयो ।

त्यसअघि महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाएका थियो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए ।

पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, अज्मतुल्लाह ओमारजाईले १८ र प्रभसिमरन सिंह १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सक्नुभएन।

यता बलिङतर्फ आरसीबीका लागि जोश हेजलवुड र सुयश शर्माले तीन तीन विकेट लिनुभयो। यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक एक विकेट लिनुभयो । जितसँगै आरसिबी फाइनलमा प्रवेश गरेका थियो । पराजित भएको पञ्जाबले एलिमिनेटर खेल्ने छ ।