इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जेलमा रहेका अफ्ताब आलम जेलमुक्त।

काठमाडौं := नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफ्ताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधबार सफाइ दिएको छ ।

बुधबार वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै आलमलाई जेलबाट छाडिएको हो। उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।

नख्खु कारागारमा रहेका आलम बुधबार बेलुका करिब आठ बजेतिर छुटेका हुन् । संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

जिल्ला अदालत रौटहटले आलमसहित चार जनालाई एक वर्षअघि जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो ।