“सरी केपी ओली, मैले तपाईको भ्रष्ट सिस्टमलाई सहयोग गर्न सक्दिँन।” मेयर बालेन।

काठमाडौं:= सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका छन् ।

उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’, उनले सोमबार साँझ फेसबुकमा भनेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए । ओली र शाहबीच लामो समयदेखि आरोप प्रत्यारोप हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले भनेका कुरा : 

कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने – यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला। हेर्नुहोला, रेकर्ड – को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।’