बैङ्गलोर र कोलकाताबीचको खेल वर्षाका कारण रद्द, कोलकाता प्लेअफ दौडबाट बाहिरियो।

बैङ्गलोर:= इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र कोलकाताबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन कोलकाता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ।

वर्षाका कारण एक बल पनि नखेलिएको यो खेलले अंक तालिकामा कोलकाताको स्थिति झनै कमजोर बनाएको हो। खेल रद्द हुँदा दुवै टोलीले १–१ अंक बाँडेका छन्। तर कोलकाताका लागि यो नतिजा पर्याप्त बनेन। कोलकातालाई प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाब थियो ।

यता बैङ्गलोरका लागि प्लेअफको ढोका अझै खुला छ। आगामी खेलहरू जितेमा शीर्ष चारमा स्थान बनाउने सम्भावना कायमै छ ।वर्षाले खेल प्रभावित बनेपछि समर्थकहरु निराश भएका छन्। सोसल मिडियामा धेरैले यस्तो महत्वपूर्ण खेलका लागि ‘रिजर्भ डे’ नराखिएकोप्रति आलोचना गरेका छन्। आईपीएलमा आज राजस्थान रोयल्स र पन्जाब किङ्स खेल्दैछन् ।