सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित चलचित्र ‘महाभोज’

काठमाडौं := यहीँ जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित रहेको निर्माणपक्षले जनाएको छ ।

चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो चलचित्रले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ।

‘नेपालमा आर्थिक क्रान्ति ल्याउनका लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो’, दयाहाङले भन्नुभयो ।हिमाल कडरिया निर्माता रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नुभएको छ ।

कथा तथा पटकथा सुवेदीले लेखेका छन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको यो चलचित्रमा यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगातका कलाकारको अभिनय छ ।